काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गठबन्धनको बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित छैनन्।
‘खासगरी सरकार सञ्चालनका विषयमा छलफल गर्न भनेर बोलाइएको छ । गठबन्धनमा रहेका दलहरु मध्ये कसलाई कति मन्त्रालय दिने र को को मन्त्री बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । यसअघि माओवादी केन्द्रले उच्चस्तरीय राजनीति संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।
बैठकमा मन्त्रालय बाँडफाँड, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
