एकाएक बढ्यो विप्लवको राजनीतिक सक्रियता, बिहानै पुगे बाबुराम भेट्न

काठमाडौं- प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबारदेखि एकाएक राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारस्थित उनको निवासमै पुगेर भेटेका विप्लव बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगे। कोटेश्वरमा उनले नेपालसँग छलफल गरिरहेकै समयमा प्रचण्ड पनि आइपुगे। त्यहाँ तीन नेताबीच भेटघाट मात्र भएन, एमाले अध्यक्ष केपी शर्मा ओलीइतरका सबै वामपन्थी शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नेबारे छलफलसमेत भयो।

 महासचिव ‘विप्लव’  आज बिहानै आफ्ना जनयुद्दकालिन सहपाटी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनको निवास पुगेका छन्।

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न विप्लव शुक्रबार बिहान टोखास्थित भट्टराई निवास पुगेका हुन्।

डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले डा. भट्टराई र विप्लवबीच लामो समयपछि अन्तरंग कुराकानी भएको जानाकारी दिए।

भेटका क्रममा समसामहिक राजनितिक र पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको उनले बताए।

अर्ध भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएको विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको