काठमाडौं- बलात्कार प्रयासको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप्‍ने अनुमति दिएपछि पुन: अस्पताल लगिएको छ।

प्रहरीले अदालतसँग १३ दिनको समय मागेको थियो।१० दिन उनी हिरासतमा बसिसकेकाले अब तीन दिनपछि अदालत उपस्थित गराउनुपर्ने छ। दशैँको बेला महरा पक्राउ परेकाले उनलाई अदालत खुलेपछि म्याद थपका लागि लगिएको हो।

आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो। प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि हाल नर्भिक अस्पतालमा छन्।

अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार सरकारी वकिलको कार्यालय पछि जिल्ला अदालत काठमाडौँ स्थित लगिएको हो । उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here