राष्ट्रपतिले सपथ खुवाउन नमानेपछि महान्यायाधिवक्ताले दिए यस्तो प्रतिक्रिया

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी गराइएको शपथ ग्रहणको कार्य नमिलेको बताएका छन् । पदभार ग्रहणपछि कुराकानी गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिले गरेको बताए। ‘शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो’ उनले भने ।

‘नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा राष्ट्रपतिज्यू समक्ष सम्माननीय प्रधानन्यायाधीशले शपथग्रहण गराउनुपर्छ तर राष्ट्रपति कार्यालयले त्यसो गरेन’ उनले भने । जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँछ भन्ने दृष्टिकोणले शपथ गराइएको महान्यायाधिवक्ता खातीले बताए ।

यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौतीसँगै अवसर पनि रहेकाले जतिसक्दो छिटो सेवाग्राहीको समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिनसक्ने बताउँदै कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको