काँग्रेसको १४औँ महाधिवेशन सर्छ ? देउवाले दिए यस्तो जवाफ

नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पार्नुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ ।

बैठकपछि गोरखापत्रसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुन्छ, निर्वाचन निर्देशिकामा रहेका व्यवधानलाई समाधान गर्न एउटा समिति गठन भएको छ । त्यसले सबै कुराको अध्ययन गरेर समाधान खोज्ने छ ।’

निर्देशिकामा देखिएका समस्या समाधानका लागि पदाधिकारी बैठकले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । बैठकमा सभापति देउवाले पार्टीको महाधिवेशन एक दिन पनि सार्न सकिँदैन’ भन्दै अन्य समस्या समाधान गरेर जानुपर्छ भनेर महाधिवेशन तोकिएको समयमै गराउने आफ्नो अडान दोहोर्याउनु भएको जानकारी मुख्य सचिव पौडेलले दिए ।

बाँकी रहेका बारा र सप्तरीका क्रियाशील सदस्यताको विवाद मिलाउन केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिलाई अझै एक दिन प्रयासका लागि समय दिने र समाधान नभएमा नेतृत्वले टुङ्ग्याउने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

समितिमा संयोजक रमेश लेखक, सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ, योगेन्द्र चौधरी हुनुहुन्छ । निर्देशिकामा रहेका कतिपय प्रावधान र विधानले पारेका अप्ठ्यारालाई समाधान गर्न शनिबार नेताद्वय डा. महत र डा. रिजाललाई निर्वाचन समितिसँग बसेर टुङ्ग्याउन पनि पदाधिकारी बैठकले जिम्मेवारी दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको