एमाले दोस्रो तहका नेताहरु पार्टी मिलाउन लागिरहेको बेला माधव भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं – नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव नेपाल निवास पुगेको बताइएको छ ।

गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।

प्रचण्ड संलग्न गठबन्धनको सरकारलाई समर्थन गर्ने या नगर्ने, विश्वासको मत दिने या नदिने भन्नेमा नेपाल पक्षले ठोस निर्णय निकाल्न नसकेका बेला प्रचण्ड नेपाल निवास पुगेका हुन्। नेपाल गठबन्धनबाट अझै छुट्टिएका छैनन्।

पछिल्लो गठबन्धनको बैठकमा उनले आफ्नोतर्फबाट प्रतिनिधिका रुपमा डा. विजय पौडेललाई पठाएका थिए। शनिबार मात्रै नेपाल र उनीसँग वारपारको लडाईंमा रहेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दोस्रो तहका १२ जनाले सिंहदरबारमा पार्टी एकतालाई केन्द्रमा राखेर छलफल गरेका थिए।

नेकपा एमालेको पछिल्लो घटनाक्रमका बारेमा दुई नेताबीच पछिल्लो समय नियमित छलफल भइरहेको छ । माधव नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिएनन् ।

 एमालेले विघटन गरिदिएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदलका सदस्यहरुबीच आज पनि छलफल भएको थियो।

१० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढेर पार्टीलाई एकतावद्ध बनाउन छलफल भएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका थिए।

यस्तै नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउन भन्नेबारे छलफल भएको विघटित कार्यदलका सदस्यसमेत रहेका नेपाल पक्षका नेता गोकर्ण विष्टले बताएका थिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको