काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’बीच भेटवार्ता भएको छ।
वैद्यसँगको भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ। अब पूर्व माओवादी सबै एक भएर मिलेर जाने बिषयमा छलफल भएको छ।
प्रतिनिधि सभा पुन:स्थापना भएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। उनले प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधकुमार नेपाल जसपा नेता बाबुराम भट्टराई लगायतसँग भेटघाट गरेका थिए।
