माधव नेपाल पक्षका यी १० सांसद, जसले मतदान बहिष्कार गरे

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि । संस्थापन पक्षका नेताहरुलाई प्रेम आले, किसान श्रेष्ठ लगायतका केही सांसद शेरबहादुर देउवालाई विश्वासको मत दिन जाँदैछन् भन्ने जानकारी आइसकेको थियो ।

तर उनीहरु रोक्ने पक्षमा उभिएनन् । उता माधव नेपाल पक्षमा झन् समस्या थियो । दिउँसै नेपाल निवास कोटेश्वरमा भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट लगायतका नेताहरुको माधव नेपालसँग भनाभन चलिसकेको थियो ।

पार्टी एकता हुन लागेका बेला देउवालाई विश्वासको मत दिन हुँदैन र संस्थागत निर्णय गर्नुपर्छ भन्ने उनीहरुको मतमा नेपाल सहमत भएनन् । आफू एक्लै भए पनि देउवाको पक्षमा उभिने बताएर उनले वार्ता टोलीका नेताहरुलाई फर्काएका थिए ।

देउवाले अचानक विश्वासको मत लिने निर्णय गर्नुको उद्देश्य मिल्न लागेको एमाले विभाजन गर्ने रहेको ठहर दोस्रो तहका नेताहरुले गरे । त्यस लगत्तै च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले विश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने निर्णय गर्यो ।

संसद शुरु भएपछि माधव पक्षका सांसदहरु के गर्ने भनेर संसद भवनमै छलफलमा जुटे । भीम रावलले त दिक्क भएर सांसद पदबाटै राजीनामा दिए । कार्यदलमा रहेर १० बुँदे सम्झौता गरेका नेताहरु मध्यमार्ग खोज्दै थिए ।

जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भनेपछि माधव नेपाललाई उनी निकट नेताहरुले संसद जोगिन भयो अब एमाले जोगाउन विश्वासको मत नदिउँ भन्ने प्रस्ताव राखे । तर नेपालले आफ्नो निर्णय बदल्न नमानेपछि उनीहरु आफैं बदलिए ।

देउवाले विश्वासको मत पाउने निश्चित भएपछि उनीहरुले एमाले जोगाउनका लागि कोही त संवादमा रहनुपर्छ भन्ने निष्कर्ष निकाले । यसअघि विश्वासको मत दिनुपर्छ भनेर उग्र कुरा गर्ने कतिपय सांसद समेत एकाएक फेरिए ।

लामो छलफलपछि कार्यदलमा रहेका नेतासहित १० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले दुवै पक्षमा मतदान नगर्ने निष्कर्ष निकालेर संसद भवनबाट बाहिरिए । उनीहरुको निर्णयबाट न माधव नेपाल शन्तुष्ट छन् न त केपी ओली नै ।

तर पनि पार्टी एकता जोगाउने नयाँ अध्याय शुरु भएको प्रतिक्रिया योगेश भट्टराईले दिए । उनले अब एमालेविरुद्ध ठूलो घेराबन्दी शुरु हुने भन्दै केपी ओलीको अहंकार र माधव नेपालको कुण्ठा अन्त्य हुनुपर्ने बताए ।

यी दश जनाले माधव नेपाललाई छाडेका होइनन् तर न त उनीहरुले माधव नेपाललाई कन्भिन्स गर्न सके, न त माधव नेपालले नै उनीहरुलाई । बरु बाटो अलग गरेर पार्टी एकताको लागि भन्दै उनीहरु बाहिरिए ।

संसद बंक गर्ने १० जनामध्ये गोकर्ण, योगेश र राजबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेर अदालत जानेमा पर्दैनन् । बाँकी अदालतसम्म गएका हुन् । उनीहरु सबैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् र ८ जना त एमालेका केन्द्रीय सदस्य नै छन् ।

बाहिरिनेहरु यस प्रकार छन् :

१. सुरेन्द्र पाण्डे

२. घनश्याम भुसाल

३. गोकर्ण विष्ट

४. योगेश भट्टराई

५. यज्ञराज सुनुवार

६. नारायण खतिवडा

७. सोमप्रसाद पाण्डे

८. राजबहादुर बुढा

९. झपट रावल

१०. दिपकप्रकाश भट्ट

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको