आज देशको यी स्थानमा वर्षा हुने

आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) पनि प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको