प्रचण्डलाई वैद्यको प्रश्न : के जनयुद्ध यही संसदीय व्यवस्थाका लागि भएको हो ?

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद त्यागेर सडकमा आउन सुझाव दिएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वैद्यले भने, ‘त्यही संसदीय बाटो रोजेर कतिपटक प्रधानमन्त्री बन्नुहुन्छ ? कोर्ष परिवर्तन गर्नुहोस् । संसद छोड्नुहोस्, जनताको पक्षमा काम गर्न सडकमा आउनुहोस् ।’

वैद्यले के जनयुद्ध यही संसदीय व्यवस्थाका लागि भएको हो ? भन्दै प्रश्न समेत गरे । अहिले शासन व्यवस्थामा परिवर्तन आए पनि राज्यवस्थामा भने परिवर्तन नआएको विश्लेषण गरे ।

संसदीय बाटोबाट समाजवाद ल्याउने दावी प्रचण्ड र माधव नेपालले गरिरहेको भन्दै उनीहरूमा खासै फरक नभएको टिप्पणी गरे ।

यही संसदलाई बचाएर राख्ने, सबै मिलेर चुनाव लड्ने नीतिमा प्रचण्ड र माधव नेपाल रहेको उनको भनाइ छ ।

संसदमा रहेका र सडकमा रहेका कम्युनिष्टहरूबीच कार्यगत एकता गर्नुपर्नेमा वैद्यको जोड छ । ‘संसदमा जानेले एउटा काम गर्नुपर्‍यो, सडकमा भएकाले कम्युनिष्टले अर्को काम गर्नुपर्‍यो,’ उनले भने, ‘दुवै पक्षले कार्यगत एकता गर्नुपर्‍यो । संसदमा भएकाले संसदमा संघर्ष गर्नुपर्‍यो, सडकमा भएकाले आफ्नै तरिकाले गर्नुहुन्छ ।’

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको