माधव नेपालले ओलीका सांसदलाई संसदीय समितिमा यसरी थर्काएपछि…

काठमाडौं– प्रतिनिधि सभाकोअन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा सांसद्हरुबीच ब्युँतिएको संसद्को विषयमा नोकझोक भएको छ। सोही क्रममा एमाले सांसद् नारदमुनी रानालाई एमाले वरिष्ठ नेता तथा सांसद् माधवकुमार नेपालले राजीनामा दिएर जान भनेका थिए।

बैठकको सुरुवातमा सांसद्हरुले सर्वोच्च अदालतको फैसलाले आफूहरुको भेट भएको भन्दै आगामी दिनमा प्रभावकारी भूमिका निभाउनुपर्ने बताएका थिए। त्यसैक्रममा बोलेका एमाले (अध्यक्ष केपी शर्मा ओली पक्षका) सांसद् नारदमुनी रानाले भने अदालतको परमादेशबाट सरकार फेरिएको र संसद् ब्युँतिएको भन्दै आलोचना गरेका थिए।

रानाको अभिव्यक्ति आएपछि नेपालले उनलाई प्रतिमागीको मतियार भनेका थिए। ‘तपाईं प्रतिगमनको मतियार, बाहिर निस्किनुस्’, नेपालको भनाइ थियो,’तपाईंलाई मन लाग्दैन भने राजीनामा दिनुस्, निस्किनुस्।’

नेपालले बोलेपछि दिव्यमणि राजभण्डारी र दीपकप्रकाश भट्ट लगायतले उनलाई साथ दिएका थिए। त्यसपछि बैठक कक्षमा हो-हल्ला भएको थियो।

होहल्लामा कतिपय सांसद्हरुले प्रतिगमनका मतियारहरुलाई बैठकमा बस्ने अधिकार नभएको बताएका थिए। प्रतिवादमा रानाले आफूलाई बैठकका लागि किन खबर गरेको त? भनेका थिए।

एमालेकै सांसद भट्टले संसद्को विरुद्धमा जाने हो भने बोल्ने अधिकार नभएको बताएका थिए। राजभण्डारीले संविधानको विरुद्धमा कुरा गर्ने भन्दै आक्रोश पोखेका थिए। ‘यो सरकार अदालतले बताएको होइन। जनताको प्रतिनिधिहरुले बनाएको हो’, उनले भने।

कतिपय सांसदहरुले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरेका थिए। समिति सभापति पवित्रा निरौलाले मुस्किलले बैठकलाई नियन्त्रणमा लिएकी थिइन्। त्यसपछि भने नेता नेपाल बाहिरिएका थिए।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको