काठमाडाैं – नेकपा एमाले माधव नेपालपक्षको स्थायी कमिटी बैठक सकिएको छ। आज बसेको नेपालपक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामै जोड दिने निष्कर्ष निकालेको हो।

स्थायी कमिटी बैठकबाट उक्त निर्णय भएको नेपालपक्षीय नेता रघुजी पन्तले बताए।

‘बैठकमा आज बोल्ने अधिकांश साथीहरुले पार्टी एकतालाई नै जोड दिनुपर्ने धारणा राख्नुभयो र आजको निष्कर्ष पनि एकतामै जोड दिने भन्ने भयो,’ उनले भने।

बैठक भोलि फेरि बस्ने निर्णय भएको उनले बताए। भोलिको बैठकमा आज बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्‍ने पन्तको भनाइ छ।

बैठकमा भीम रावल पनि सहभागी थिए। यसअघि भएको बैठकमा भने रावल सहभागी थिएनन् । लगत्तै माधव नेपाल टोखास्थित निवासमा गएर रावललाई भेटेका थिए ।

बैठकमा नेता नेपालसहित घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मेटमणी चौधरीलगायतका नेताहरु उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here