काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई सपथ खुवाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा राखिएको हो । सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए ।

प्रधानमन्त्री देउवाले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here