को हुन् देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका उमेश श्रेष्ठ ?

काठमाडौं – निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का पूर्वअध्यक्ष र उच्च माध्यमिक विद्यालयहरूको साझा संगठन (हिसान) का पनि अध्यक्ष हुन्, उमेश श्रेष्ठ । शिक्षा क्षेत्रमा विशेष नाम कहलिएका उनी आइतबार एक्कासी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भए ।

शिक्षा क्षेत्रमा ३ दशकभन्दा लामो यात्रा विताएका उनको एकमात्र परिचय छैन । उनको शिक्षा, कृषि, व्यापार/व्यवसाय, बैंक, होटलमा पनि लगानी रहेको छ । कुनै बेला राजधानीकै सर्वाधिक चर्चामा आउने लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष श्रेष्ठ प्राइम बैंकको अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

कर्म र भाग्य दुवै कारण प्रतिनिधिसभा भएको भन्न रुचाउने श्रेष्ठ जीवनमा दुई कुराले मात्र नपुग्ने र त्यसमा परिश्रम छुटाउन नहुने बताउँछन् ।

भोजपुरबाट एसएलसी उत्तीर्ण गरेर राजधानी प्रवेश गरेका/ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठमाथि यसअघि पटक पटक ‘विद्यालय माफिया’ को आरोप लाग्दै आएको छ ।

समानुपातिक तर्फबाट कांग्रेसबाट सांसद बनेका उनी विद्यालय चलाएर अथाह रकम आर्जन गरेको यसअघि नै समाचारहरु प्रकाशनमा आइसकेका छन् । त्यस्तै श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन प्रस्ताव रोक्ने प्रयास गरेको पनि त्यत्तिबेला आरोप लागेको थियो ।

यसअघि उनी सांसद हुँदा निजी विद्यालयलाई सहकारीमार्फत सञ्चालनका लागि सरकारले तयारी गर्दा उनले त्यो कदमलाई लत्याएको पनि आरोप छ ।

हाल उनीसँगै कांग्रेसबाट विश्वको धनाढ्य व्यक्ति ‘फोब्र्स पत्रिका’मा नाम दर्ज गर्न सफल व्यापारी विनोद चौधरी पनि सांसद् रहेका छन् । त्यस्तै, कांग्रेसबाटै ठेकेदार एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामा पनि सांसद रहेका छन् ।

 श्रेष्ठको नियुक्तिलाई अर्थपुर्ण रुपमा हेरीएको छ । पछिल्लो समय अस्पतालहरूको चेन बनाउन लागिपरेका श्रेष्ठलाई मन्त्रालयको जिम्मेवारी दिइनु स्वार्थसंग जोडिएको हुनसक्ने भन्दै सरकारको आलोचना सुरु भएको छ । लामो समयदेखी शिक्षा क्षेत्रमा काम गरेका श्रेष्ठले स्वाथ्यमन्त्रालय रोज्नुले तरंग उत्पन्न गराएको छ ।

‘समग्र स्वाथ्य क्षेत्रकै निति बनाउनेदेखि अस्पतालहरुलाई अनुमति दिने र अनुगमन गर्ने मन्त्रालयको जिम्मा नै निजी अस्पताल सञ्चालकलाई दिइनु सरासर गलत हो, देउवा सरकारले सुरुमा नै विवादित काम गर्दैछ । यसले पार्टीलाई हानी पुग्छ । ’ कांग्रेसकै एक नेताले भने ।

शिक्षासंगै स्वाथ्य श्रेत्रमा लगानि गरेका श्रेष्ठले आफुअनुकुल काम गर्ने निश्चित जस्तै छ । उच्च आय भएका व्यक्तिलाई लक्षीत गर्दै उने ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारी गरेका छन्। यस्तै महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्ष समेत रहेका श्रेष्ठको नेतृत्वमा जनमैत्री अस्पताल समेत संचालनमा छ । उनको जलविद्युत क्षेत्रमा समेत लगानी छ ।

उनले काठमाण्डुसहित चितवन र वुटवलमा समेत अस्पताल संचालन गर्ने तयारी गरिरहेका छन् । यसरी उनलाई नियुक्ति दिदा व्यक्तिगत स्वार्थ हावि हुने भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवा आफैंले लिएका छन्। कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चर्को दबाब परेपछि प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। तर, उनको नियुक्तिले सरकार आलोचित बनेको छ । श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ । श्रेष्ठ लिटिल एन्जल्स स्कुलका संस्थापक पनि हुन्।

श्रेष्ठ समानुपातिक सांसद हुन । उनि नेपाली कांग्रेसका ठुला चन्दादाता समेत हुन । कांग्रेसमा प्रत्यक्ष चुनाव जितेका र लामो समय राजनीतिमा लागेका नेताहरु हुंदा हुंदै देउवाको रोजाइमा श्रेष्ठ परेपछी धेरैलाई चकित बनाएको छ । उनी प्रतिनिधिसभाको बैठकमा समेत सबैभन्दा कम सहभागी हुने सांसद हुन । श्रेष्ठ बैठकमा उपस्थित भएपनि हाजिर मात्र लगाएर हिड्ने गरेका छन् ।

शैक्षिक क्षेत्रमा निकै चर्चित व्यापारी श्रेष्ठको राजनीतिक ,प्रशासनिक र न्यायिक क्षेत्रमा पहुंच छ । उनको प्रमुख पार्टीका उच्च तहका सबै नेताहरुसंग सुमधुर सम्बन्ध छ । भोजपुरका श्रेष्ठलाई मन्त्री बनाउन उद्योगपति विनोद चौधरी, कांग्रेस नेता दिपक खड्का, र राजु नेपाललागयत लागेको स्रोतको दावी छ ।

यो समुहले अर्थ वा उद्योगमन्त्रालय दिन कांग्रेसभित्र लविङ गरेको चर्चा थियो । श्रेष्ठलाई मन्त्री नियुक्त गरेसंगै कांग्रेसका कार्यकर्ताले पनि यसको खुलेर विरोध सुरु गरेका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारले समेत मोती दुगडलाई उद्योग राज्यमन्त्री बनाएपछि ओलीको आलोचना भएको थियो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको