नेकपा एमालेका उपाध्यक्ष भीम रावलको जहिले आलोचना मात्र गर्ने सूर्य थापाले पहिलो पटक प्रशंसा गरेका छन्।
एमालेमा माधव नेपालपक्षीय भनिएका नेता रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेपछि एमाले केन्द्रीय सदस्य थापा खुसी भएका हुन्।
‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ– भीम रावल,’थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका थापाले रावलको जतिखेर पनि आलोचना गर्ने गर्थे।
