ललितपुर महामनगरपालिकाले आज ४५ वर्ष पुगेका तथा यसभन्दा माथि उमेरका नागरिकलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन सुरु गर्ने भएको छ।
महानगरपालिकाका अनुसार आजदेखि ३ दिनसम्म जारी रहने खोप अभियानअन्तर्गत ४५ वर्ष र यसभन्दा माथि उमेरका व्यक्तिलाई भेरोसेल खोप लगाइने भएको हो।
सूचनाअनुसार साउन १५ (आज), १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको हो। खोप महानगरका २९ वटै वडास्थित खोप केन्द्रबाट लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ।यसपछि साउन १८ गते अमेरिकी खोप जोनसन एन्ड जोनसन खोप पनि लगाउन सुरु गर्ने तयारी रहेको ललितपुर महानगरपालिकाले जनाएको छ।
हेर्नुहोस्, सूचना :

