दिल्लीबाट फर्किए लगतै कांग्रेस सभापति दाबेदार नेताबीच छलफल, के-के भयो कुराकानी ?

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका दाबेदार तीन नेताबीचको छलफल सकिएको छ। प्रकाशमान सिंह निवासमा शशांक कोइराला र विमलेन्द्र निधिबीच भएको छलफलले महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने निष्कर्ष निकालेको हो।

कांग्रेस उपसभापतिसमेत रहेका निधि भारतको दिल्लीबाट फर्किएलगत्तै तीन नेता आन्तरिक छलफलमा जुटेका थिए। कांग्रेसमा प्रभावशाली मानिने तीन नेताबीचको छलफलले संवैधानिक बाध्यतासमेत ख्याल गरेर भदौमै महाधिवेशन गर्नुपर्ने अडान राखेको हो।

चाक्सीबारी बैठकका आयोजक नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले तीन नेताबीचको बैठकले भदौमा महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा फस्ने निष्कर्ष निकाललेको बताए। ‘संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने काममा कांग्रेस जुट्नुपर्छ’, तीन नेताको बैठकको निष्कर्ष सुनाउँदै लामिछानेले भने, ‘भदौ पछाडि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्नेतर्फ पनि विचार गर्नु जरुरी छ।’

तीन नेताबीचको बैठकले पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकलाई कोरोना खोप उपलब्ध गराउने कुरालाई मुख्य प्राथमिकता दिनुपर्ने पनि निचोड निकालेको छ। ‘कांग्रेस नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री देउवाले भन्नु भएजस्तै सबै नागरिकलाई खोप दिलाउन ध्यान दिनुपर्छ’, तीन नेताले भनेका छन्, ‘सरकाले वचन दिए जस्तै समयमा खोप ल्याएर नागरिकको जीवन रक्षामा केन्द्रित हुनु आवश्यक छ।’

निधि दिल्लीबाट फर्किएपछि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेका तीन नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित यो चौथो छलफल हो। यसअघि पनि चाक्सीबारीमै उनीहरुबीच पटक पटक छलफल भएको थियो।

आशन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका नेताहरुबीच गत असार पहिलो साता उपसभापति निधिको वैवाहिक वर्षगाँठको अवसर पारेर छलफल सुरु भएको थियो।

संस्थापन पक्षकै निधिले कांग्रेसको महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरिसकेका छन्।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको