महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप

काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ।

जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप गरेको अदालतले जनाएको छ।

कात्तिक २ गतेदेखि लागू हुने गरी अदालतले पाँच दिन म्याद थप गरेको हो। यसअघि सरकारी वकिलले भने सात दिनको म्याद मागेको थियो।

आजदेखि प्रहरीले उनको बयान लिन सुरू गरेको थियो।

आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्।

चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका थिए तर सांसदको पदबाट भने राजीनामा दिएनन्।

उनले राजीनामा गरेपछि रोशनीले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले महरालाई असोज १९ गते सभामुख भवन बालुवाटारबाट पक्राउ गरेको थियो।

पक्राउ परेसँगै उनले सांसदको हैसियत गुमाएका छन् भने सेवासुविधा पनि रोक्का भएको छ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको