सकियो एमाले स्थायी कमिटी बैठक, के-के भयो निर्णय ?

काठमाडौं – नेकपा (एमाले) काे स्थायी कमिटी बैठक सकिएकाे छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको भाेलि फेरि बस्नेगरी सकिएकाे हाे । बैठक भाेलि दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ ।

आजकाे बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।

हिजोको बैठक माधव पक्षकै आग्रहमा आजका लागि सारिएको थियो ।

नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने भएको छ ।
आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।

विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरणमा बैठक केन्द्रित भए पनि आज यो विषयमा ठोस निर्णय भएको छैन ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सम्बोधन गर्दै अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन्। आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्‍याए।

‘निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यसलाई प्रतिगमन भनिँदैन। तर, निर्वाचनको माध्यम र जनादेशको बाटोबाट होइन, कुबाटोबाट सरकार बन्यो’, ओलीले भने।

उनले सरकार गठनको लागि आफ्नै पार्टीका नेताहरुले सहयोग गरेको भन्दै असन्तुष्टि जनाए। ‘हाम्रै पार्टीका केही नेताहरु दक्षिणपन्थीको पछिपछि नलागेको भए यो अवस्था आउने थिएन। उनीहरुले निर्लज्ज र धोकेवाज काम गरे’, उनले भने।

उनले यो देशको विकास र सुशासनको लागि कम्युनिस्ट नै चाहिने बताए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको