महरा निर्दोष छन् भन्दै राेशनी शाहीले दिइन् न्यायाधीशलाई पत्र

काठमाडौं – यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पाँच दिनको म्याद थपी अनुसन्धान गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार म्याद थपको आदेश दिएको हो। इजलासले शनिबारबाट लागू हुने गरी पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न भनेको छ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको आग्रहमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि महरालाई थप सात दिन थुनामा राख्न इजलाससमक्ष समय माग गरेको थियो।अदालतले असोज २८ मा अनुसन्धानका लागि महरालाई थप १३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

प्रहरीले पहिला नै १० दिन थुनामा राखेकाले महरालाई थप तीन दिन थुना राख्न अदालतले अनुमति दिएको थियो।प्रहरीलाई बयान दिन इन्कार गरिरहेपछि आइतबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सात घण्टा लामो बयान लिइएको थियो।

बयानपछि म्याद थपका लागि साँझ अदालत लगिएको थियो। साँझ अबेरसम्म चलेको बहसमा न्यायाधीश सुवेदीको इजलासमा पूर्वसभामुख महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहोर्याउँदै जबरजस्ती करणीको प्रयास नभएको बताउनुभयो।

उहाँले इजलासमा भन्नुभयो– ‘रोशनीसँग पुरानो चिनजानको सम्बन्ध हो। रोशनी बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको हुँ। कुनै जबरजस्ती गरेको छैन।’ उहाँले रोशनीको घरमा घटना घटेको भन्ने समयमा आफू शहरी विकास मन्त्री महम्मद इस्तियाक राईसँग गफ गरिरहेको दाबीसहित बयान दिनुभएको थियो।

इजलास चलिरहँदा साँझ ६ बजे जबरजस्ती करणी प्रयासको आरोप लगाएकी रोशनी शाहीले पूरक निवेदन इजलाससमक्ष दिनुभएको थियो। स्रोतका अनुसार असोज १५ गते प्रहरी वृत्त बानेश्वरमा दिएको निवेदन मिसिल उल्लेख गर्न छुटेकाले उक्त निवेदन मिसिलमा संलग्न गराउन इजलाससमक्ष निवेदन बुझाउनुभएको थियो।

उक्त निवेदनमा आफू डिप्रेसनको बिरामी रहेकाले औषधी खाइरहेको तथा महराबाट बलात्कृत नभएको जिकिर गर्दै प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको उल्लेख छ।इजलासमा उपस्थित शाहीलाई न्यायाधीश सुवेदीले तपाईंको भनाइ के छ? भनी एउटा मात्रै प्रश्न सोध्नुभएको थियो।

जवाफमा शाहीले मेरो सबै वास्तविक कुरा यसै निवेदनमा उल्लेख रहेकाले इजलासमा आफ्नो भन्नु केही नरहेको भन्दै निवेदन बुझाएर फर्किनुभएको थियो।अदालतले म्याद थपका लागि आदेश दिए पनि महराको मुहार चम्किलो र हँसिलो नै देखिन्थ्यो। महरा यसअघि पनि म्याद थप गर्न अदालत उपस्थित गराइएपछि केहीबेर ठट्टा र हँसिलो मुहारमा देखिनुहुन्थ्यो। (नेपाल समाचारपत्रबाट)

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको