महरा निर्दोष छन् भन्दै राेशनी शाहीले दिइन् न्यायाधीशलाई पत्र

काठमाडौं – यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पाँच दिनको म्याद थपी अनुसन्धान गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार म्याद थपको आदेश दिएको हो। इजलासले शनिबारबाट लागू हुने गरी पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न भनेको छ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको आग्रहमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि महरालाई थप सात दिन थुनामा राख्न इजलाससमक्ष समय माग गरेको थियो।अदालतले असोज २८ मा अनुसन्धानका लागि महरालाई थप १३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

प्रहरीले पहिला नै १० दिन थुनामा राखेकाले महरालाई थप तीन दिन थुना राख्न अदालतले अनुमति दिएको थियो।प्रहरीलाई बयान दिन इन्कार गरिरहेपछि आइतबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सात घण्टा लामो बयान लिइएको थियो।

बयानपछि म्याद थपका लागि साँझ अदालत लगिएको थियो। साँझ अबेरसम्म चलेको बहसमा न्यायाधीश सुवेदीको इजलासमा पूर्वसभामुख महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहोर्याउँदै जबरजस्ती करणीको प्रयास नभएको बताउनुभयो।

उहाँले इजलासमा भन्नुभयो– ‘रोशनीसँग पुरानो चिनजानको सम्बन्ध हो। रोशनी बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको हुँ। कुनै जबरजस्ती गरेको छैन।’ उहाँले रोशनीको घरमा घटना घटेको भन्ने समयमा आफू शहरी विकास मन्त्री महम्मद इस्तियाक राईसँग गफ गरिरहेको दाबीसहित बयान दिनुभएको थियो।

इजलास चलिरहँदा साँझ ६ बजे जबरजस्ती करणी प्रयासको आरोप लगाएकी रोशनी शाहीले पूरक निवेदन इजलाससमक्ष दिनुभएको थियो। स्रोतका अनुसार असोज १५ गते प्रहरी वृत्त बानेश्वरमा दिएको निवेदन मिसिल उल्लेख गर्न छुटेकाले उक्त निवेदन मिसिलमा संलग्न गराउन इजलाससमक्ष निवेदन बुझाउनुभएको थियो।

उक्त निवेदनमा आफू डिप्रेसनको बिरामी रहेकाले औषधी खाइरहेको तथा महराबाट बलात्कृत नभएको जिकिर गर्दै प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको उल्लेख छ।इजलासमा उपस्थित शाहीलाई न्यायाधीश सुवेदीले तपाईंको भनाइ के छ? भनी एउटा मात्रै प्रश्न सोध्नुभएको थियो।

जवाफमा शाहीले मेरो सबै वास्तविक कुरा यसै निवेदनमा उल्लेख रहेकाले इजलासमा आफ्नो भन्नु केही नरहेको भन्दै निवेदन बुझाएर फर्किनुभएको थियो।अदालतले म्याद थपका लागि आदेश दिए पनि महराको मुहार चम्किलो र हँसिलो नै देखिन्थ्यो। महरा यसअघि पनि म्याद थप गर्न अदालत उपस्थित गराइएपछि केहीबेर ठट्टा र हँसिलो मुहारमा देखिनुहुन्थ्यो। (नेपाल समाचारपत्रबाट)

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको