काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

कक्षा १० को पढाइ पूरा गरेका ५ लाखभन्दा बढी विद्यार्थी अहिले एसईई नतिजा पर्खिरहेका थिए। नतिजा आउनुअगावै कतिपय विद्यालयले विद्यार्थीहरु बटुलेर कक्षा ११ काे पठनपाठन पनि थालिसकेका छन्।

त्यसैगरी आकाश टेक प्रालिबाट ३१००१, इजी सर्भिस प्रालिबाट ३४९४९ र जानकी टेक्नोलोजी प्रालिबाट ३५००१, नेपाल टेलिकमबाट १६००, एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिने बताइएको छ।

बोर्डले आफ्नो बेवसाइटका अलावा नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियु सञ्जाल, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट पनि सार्वजनिक गर्न लागेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here