सातवटै प्रदेशका प्रमुख एकसाथ बर्खास्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी गराएका छन् ।

प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको जनाएका छन् । प्रदेश एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनका प्रमुख अनुराधा कोइराला, प्रदेश चारका प्रमुख बाबुराम कुँवर, प्रदेश पाँचका प्रमुख उमाकान्त झा, प्रदेश ६ का प्रमुख दुर्गा केशर खनाल र प्रदेश सातका प्रमुख मोहनराज मल्ललाई बर्खास्त गरेकी छन् ।

संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था छ । निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, निजको मृत्यु भएमा रिक्त हुने व्यवस्था संविधानमा रहेको छ । धारा १६५ को उपधारा (२) मा भनिएको छ–कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।”

तर अर्को प्रमुख भने तोकिएको छैन ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको