कांग्रेसले सार्वजनिक गर्यो ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली (सूचीसहित)

काठमाडौँ – कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पार्टीको निर्वाचन निर्देशिका, ०७८ को दफा १ (ख) बमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको र ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू समेत खटाइएको जानकारी दिए ।

समितिले बिहीबार ३८ जिल्ला र शुक्रबार थप १० जिल्लाको समेत ४८ जिल्लाको नामावली प्रकाशित गरेको छ ।

त्यस्तै कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै समितिले मतदान अधिकृत खटाएको हो ।

केन्द्रीय निर्वाचन समितिले आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशन समेतको निर्वाचन गर्न ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।

मतदान अधिकृतहरु शुक्रबार नै जिल्ला जाने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए । मतदान अधिकृतलाई पार्टी विधान, निर्वाचन निर्देशिका, मतदाता सूची र प्रमाणपत्रसहित खटाइएको समिति संयोजक यादवको भनाई छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले भने क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग राख्दै सानेपामा धर्ना दिँदै आइरहेका छन् । बाँकी ३९ जिल्लाको सदस्यता पनि आइतबारसम्म सार्वजनिक गरिने कांग्रेसको तयारी छ ।

प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो । प्रदेश दुईका कुनै पनि जिल्लाको सदस्यता सार्वजनिक गरिएको छैन ।

क्रियाशील सदस्यता सार्वजनिक गरिएको जिल्लामा प्रदेश १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा रहेका छन् ।

त्यस्तै बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सार्वजनिक गरिएको छ ।

कांग्रेसले लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता सावजनिक गरिएको छ भने कर्णाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यता सार्वजनिक गरिएको जनाएको छ ।

सिफारिस

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

धेरै पढिएको