ओलीलाई प्रदेश प्रदेशमा पछारियो, अब माओवादीले मधेशमा कब्जा जमाउछ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रदेश प्रदेशमा पछारेको बताएका छन् । उनले मधेश माओवादीको कब्जामा रहने र एक नं प्रदेशको सरकार पनि ढल्ने बताएका छन् ।

सर्लाही जिल्लाबाट विभिन्न पार्टी परिल्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई राजधानीको जोरपाटीमा स्वागत गर्दै दाहालले सो कुरा बताएका हुन् । उनले भने, ‘अव मधेशमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउने छ । माओवादी एक नम्बर पार्टी नभएसम्म यो देशमा राजनीतिक स्थीरता र विकास सम्भव छैन ।’

कार्यक्रममा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले आगोसँग खेल्ने प्रयास गरेको र त्यसको परिणाम सत्ताच्युत भएर अहिले बस्नुपरेको पनि उनले बताएका थिए । उनले आफूलाई आगोसँग तुलना गरेका थिए । “मैले संसदको रोष्टमबाट केपीलाई भनेको थिएँ तिमी आगोसँग खेल्दै छौ, सावधान होऊ, अहिले देखे नि केपीले । खालि संघमा मात्र पछारिएको छैन प्रदेश प्रदेशमा पछारिएको छ । अव केही दिनपछि हेर्नुहोला प्रदेश एक र यो बागमती प्रदेशमा पनि ढल्दैछ उनको सत्ता ।”

‘जवसम्म माओवादी केन्द्रले प्रदेश नं २ का सबै जिल्ला र पूरै प्रदेशमा बहुमत ल्याउँदैन तवसम्म मधेशी जनताको मुक्ति सम्भव छैन । मधेश पूरै माओवादीमय हुनुपर्छ’, उनले भने । पार्टी प्रवेश गर्नेहरुलाई प्रचण्डले सही समयमा सही निर्णय लिएको भनेका थिए, ‘यही उचित समय हो ।’

“माओवादीवाहेक अरुको नेतृत्वमा सरकार बन्दा र माओवादीवाहेक अरुलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने कुरा हामीले भोग्यौँ, पार्टी एकत गर्यौं, केपी ओलीलाई प्रधानमन्त्री बनायौँ तर परिणाम के भयो ? झण्डै झण्डै संघीयता खारेज हुने चरणमा गयो, गणतन्त्र विघटन हुने खतरा पैदा भयो, सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी जोखिममा जाने परिस्थिति बन्यो”, उनले ओलीप्रति आक्रोश पोख्दै भने ।

“आफ्नो संघर्षबाट मधेशमा जागरण र चेतना अगाडि आयो । तर काम गर्ने कालु बसी खाने भालु भयो अहिले नेपालमा”, प्रचण्डले भने, “रगत बगाउनेहरु एकतिर परे, पहिचानविरोधीहरु सत्तामा पुगेर मधेशी जनताको पहिचानलाई कुल्चने दुस्साहस गरे ।” उनले यी सबै कुराको प्रतिरोध आफ्नो नेतृत्वमा गरेको पनि बताए ।

उनले चक्रघट्टा गाउँलाई स्मार्ट भिलेज बनाउने प्रतिबद्धता पनि जनाए । सर्लाहीका सांसद एवं पूर्वमन्त्री रामेश्वर राय यादव र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवको सक्रियतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा मनोज जैसवाललगायत करिव चारसय व्यक्तिहरु नेकपा एमाले र समाजवादी पार्टी छाडेर नेकपा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिइएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री एवं सर्लाहीका माओवादी सांसद रामेश्वर राय यादवले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको