नामी कलेजमा ‘हल्ट प्राइज’ को तयारी सुरु

काठमाडौँ – जोरपाटी अवस्थित नामी कलेजले ‘विधार्थीहरूको नोबल पुरस्कार’ को नामले प्रख्यात ‘हल्ट प्राइज’को तयारी सुरु गरेको छ। गत बर्ष पहिलो पटक कदम राखेर सफलता प्राप्त गरेको यस विश्व प्रख्यात प्रतियोगिता नामी कलेजमा दोश्रो पटक हुन गइरहेको हो ।

वार्षिक रुपमा हल्ट इन्टरनेसनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघदवारा संयुक्त रुपमा आयोजना हुने यस प्रतियोगिता नेपालमा सन् २०१६ देखि संचालनमा आएको हो। सन् २०२१/२२ सम्म आईपुग्दा यो प्रतियोगितामा विश्वका १२१ भन्दा बढी  देशका ३००० बढी कलेज तथा विश्वविधालयहरुका ३,००,००० भन्दा बढि सहभागीका बीच हुने भएको छ।

व्यवसायको माध्यमबाट विश्वव्यापी रुपमा रहेको सामाजिक समस्याको समाधान गर्ने लक्ष्य साथ हल्ट प्राइज सुरु गरिएको हो। प्रत्येक बर्ष ‘दिगो विकास लक्ष्य (SDGs)’ सम्बन्धित एक विषयमा केन्द्रित रहेर घोषणा हुने यस प्रतियोगिता यस वर्ष वैशिक सोच र स्थानीय अभिनयका साथ २०२४ सम्म दुई हजार रोजगार सिर्जना गर्ने भन्ने बिषयमा केन्द्रित रहेको छ।

यस प्रतियोगितामा भाग लिएका प्रत्येक संस्थाका प्रतिस्पर्धीहरुले तोकिएको विषयमा स्वतन्त्र व्यवसायिक योजना तयार पार्न पर्ने हन्छ। हरेक संस्था भित्रका सहभागी टिमहरुबीच विभिन्न ट्रेनिङ, वर्कसप र सेमिनारहरु गरेपछि आन्तरिक ‘अन क्याम्पस’ प्रतियोगिता संचालन गर्नुपर्ने हुन्छ।

सहभागी टिमहरुको आन्तरिक मुल्यांकन गरेपछि विजयी टिम रिजनल प्रतियोगिताको लागि योग्य मानिनेछ। त्यसपछि मुख्य प्रतिस्पर्धा भने रिजनल पछि संचालन हुने एक्सेलेरेटर प्रतियोगिताका विजयीहरुको बीचमा हुन्छ। उक्त सामाजिक विषयमा केन्द्रित व्यवसायिक योजना कार्यन्वयनको प्रयोजनको रुपमा विजयी टिमलाई रू १ मिलियन अमेरिकी डलरले सम्मान गरिनेछ।

यस बर्षको नामी कलेजमा यो भव्य कार्यक्रम क्याम्पस प्रतिनिधि कुशल तिरुवाको नेतृत्वमा हुनेछ। नामी कलेज पढाईमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि बढी भन्दा बढी सहभागी गराई विद्यार्थीको जीवनस्थर उकस्ने हेतुका साथ यस्तै थुप्रै प्रतियोगिता आयोजना गर्दै आएको छ।

त्यसैले पनि यस प्रतियोगिताका निम्ति सुरूवातका दिनहरुदेखि नै विद्यार्थीहरुको सहभागिता उत्साहजनक रहेको छ। बि.बि.ए., वातावरण विज्ञान, र आई टी विषयका अध्ययन हर्दै आइरहेको यस कलेजमा यसरी विश्वमा रहेका मुख्य समस्याहरुको समाधानतर्फ चलिएको उत्कृष्ट कदममा सहभागी हुन पाएर आफ्नो सोच र सिर्जनशीलताको प्रदर्शन गर्न पाउन आफैमा विधार्थीहरुको लागि सुनौलो मौका हो।

साथै विश्वव्यापी स्तरको प्रतियोगितामा सहभागी भएर अनुभव बटुल्न, व्यक्तित्व विकास गर्ने, आफ्नो विचार संसारसामु पेश गर्न विद्यार्थीहरुको लागि यो अत्यन्तै उत्कृष्ट अवसर पनि हो।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको