दीगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव

 

काठमाडौं – समयमै र गुणस्तरीय निर्माण हुन नसकेकोमा आक्रोश बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । स्क्याफले तीन दिनसम्म काठमाडौंमा आयोजना गरेको उज्जवल भवियका लागि उत्थानशिल निर्माण विषयक सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् ।

उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउनसके उत्थानशिल संरचना निर्माण हुनसक्ने दावी गरेका छन् ।

नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पुर्याउन आवश्यक रहेको सम्मेलनका सहभागिहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले धरहरा पुर्ननिर्माणसँगै भूकम्प संग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापना समेत गर्न लागिएको बताउनुभयो ।

तीन दिनको सम्मेलन उत्थानशिल संरचना निर्माण, यसका चुनौति, जारी प्रयत्न, नविनतम प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञहरुका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । स्क्याफको २९ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनियरहरुको संस्था र सिईएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो । सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गर्नुभयो । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको थियो ।

 

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको