रामेछाप । २०७२ सालको विनाशकारी भुकम्पबाट क्षति भएका अधिकांश विद्यालयका भवन दरबार जस्ता बनाएर राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बिहिबारदेखि रामेछापबाट बाहिरिएको छ ।

भूकम्पले क्षति गरेका जिल्लाका ३ सय ८९ वटा विद्यालय मध्ये ३ सय ६६ वटा विद्यालयको उक्त इकाई मार्फत पुननिर्माण भएको छ । बांकी रहेका विद्यालयहरु न्यून विद्यार्थी रहेका, भवन निर्माणका लागि जग्गा नभएका र अन्य विद्यालयमा समायोजन हुने अवस्थाका रहेका पुननिर्माण गर्दा लगानी खेर जाने भएका कारण पुननिर्माण नभएका हुन ।

बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख निर्मल घिमिरेले दिएको जानकारी अनुसार पुननिर्माण भएका विद्यालयहरुमा निर्माण व्यवसायी मार्फत ६३, विद्यालय व्यवस्थापन समिति मार्फत २ सय ७० र गैरसरकारी संस्था मार्फत ८५ वटा रहेका छन् । अधिकांश विद्यालयमा फर्निचर, खानेपानी र सौचालय समेतको निर्माण भएको घिमिरेले बताए ।

सरकारले उक्त विद्यालयहरुको पुननिर्माणका लागि जिल्लामा स्थापना गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई ( शिक्षा ) बाट पुननिर्माणका लागि कुल १ अरब ६० करोड ६६ लाख रुपैया खर्च भएको घिमिरेले वताए । भूकम्प लगत्तै अस्थायी सिकाई केन्द्र र विभिन्न दातृ निकायबाट स्थानीय गैरसकारी संस्था मार्फत पुननिर्माण भएका विद्यालयको तथ्यांक भने आयोजना संग छैन् ।

घिमिरेका अनुसार रामेछापका विभिन्न भागमा केहि विद्यालयहरु निर्माणाधिन अवस्थामा रहेकोले उक्त विद्यालयहरुको भवन पुरा गर्ने दायित्व शिक्षा विकास तथा समन्वय इकाईमा सरेको छ । बिहिबारनै उक्त इकाईले आयोजनाका बांकी दायित्व र सम्पत्ति संघीय सरकार मातहतको इकाईलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले शैक्षिक संस्थामा भवन मात्र राम्रा भएर नपुग्ने भएकाले अव गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने वताए । जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काले विद्यालयका दर्विला भवनले शिक्षाको सुधारका लागि अवसर प्राप्त भएको वताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयांघरेले समेत आफ्ना धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here