अन्तत: रामकुमारी झाक्रीले गरिन् एमालेका यी नेतासंग चुनावी प्रतिस्पर्धाको घोषणा, एमालेमा खैलाबैला

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् ।

झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन् ।

सत्तारुढ गठबन्धनका केही नेताहरुले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसका आधारमा पनि झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आँकलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।

नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महत आगामी चुनावमा सत्तारुढ घटकबीच गठबन्धन नबने पनि गुल्मी क्षेत्र नम्बर २ बाट आफ्नो पार्टीका तर्फबाट झाक्री नै उम्मेदवार हुने बताउँछन् । ‘गत शुक्रबार काठमाडौंमा भएको गुल्मी–काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा उहाँले गुल्मीबाट चुनाव लड्ने उद्घोष गर्नु भएको छ,’ महतले भने, ‘सो कार्यक्रममा युवाहरुको सहभागिताले पनि उहाँका पछाडि धेरै युवा छन् भन्ने स्पष्ट हुन्छ ।’

उनका अनुसार पार्टीले अब छिटै गुल्मीमा प्रथम जिल्ला सम्मेलन गर्दैछ । कुनै समय एमालेका हर्ताकर्ता कार्यकर्ता हिमाल थापा अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरी जिल्ला ईन्चार्जको भूमिकामा छन् ।

उनी पनि क्षेत्र नम्बर १ का प्रभावशाली युवा नेता मानिन्छन् । झाक्री र थापाका कारण पनि जिल्लामा युवाको ठुलो पंक्ति नेकपा एकीकृत समाजवादीतर्फ आकर्षित भएको जिल्ला अध्यक्ष महत बताउँछन् ।

सिफारिस

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले जित्न सफल भएकी छिन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा १६...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

सिजन मिडियाद्धारा २३ व्यक्ति र संस्थालाई नेसनल सोसल वेयलफेयर अवार्ड (तस्वीरहरू)

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३...

धेरै पढिएको