रामेछाप । नेपाली काँग्रेस रामेछाप जिल्लाका विभिन्न स्थानीय तहमा आईतबार निर्वाचन कार्यक्रम सुरु गरीएको छ ।
जिल्लाका २ नगरपालिका र ६ गाँउपालिका मध्ये मन्थली नगरपालिकामा नगर सभापति निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेस निर्वाचन समितिका अनुसार मन्थली नगर सभापतिमा शंकरप्रसाद अधिकारी र खाँडादेवि गाउँपालिकामा तेज घिसिङ्ग निर्बिरोध निर्वाचित भएका छन् । मन्थलीका अन्य पदमा धेरै आकांक्षि रहेकाले सहमतिको प्रयास जारी छ । उपसभापति, सचिव र सहसचिवमा आवश्यक भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी रामेछाप नगर सभापतिका लागि कमलविक्रम कार्की र रामप्रसाद घिमिरे विच निर्वाचन हुने भएको छ । गुञ्ज कार्कीले उम्मेदवारी फिर्ता लिएपछि उनिहरु विच निर्वाचन हुने भएको हो । शिर्ष नेताहरु रहेको उक्त पालिकामा सर्वसम्मत वनाउने प्रयास जारी रहेको जनाइएको छ ।
यसैगरी लिखु तामाकोशी गाउँपालिकामा पदम तामाङ्ग, सुन्दर खड्का र जिबन कार्कीले सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् । गोकुलगंगामा जगतवहादुर कार्की र मणी लामा विच गाउं सभापतिमा निर्वाचन हुने भएको छ । उत्तरी गाउँपालिका उमाकुण्डमा धनराज लामिछाने र हिक्मतवहादुर सुनुवारका विच प्रतिस्पर्धा हुने भएको छ ।
पश्चिमी रामेछापको दोरम्बा गाउँपालिकामा ३ जना सभापतिका लागि प्रत्यासी भएका छन् । केशव लामा, लालवहादुर तामाङ्ग र कुलवहादुर गोले विच उक्त पालिकाको सभापतिका लागि प्रतिस्पर्धा हुने भएको छ । सुनापति गाउँपालिकामा बाबुलाल योञ्जन र जनक खड्का विच प्रतिस्पर्धा हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here