ओलीको कदमविरुद्द घनश्याम भुसालले गरे ठाडै विरोध, दिए यस्तो जवाफ

काठमाडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संसद् विघटनलाई संविधान विपरीतको कदम भएको बताएका छन्।

पार्टीको केन्द्रीय कमिटीको जारी बैठकको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिइसकेपछि भुसालले केही मुख्य सवालमा फरक मत प्रस्तुत गरेका हुन्।

ओलीको जवाफपछि सदस्यहरुलाई आफ्नो धारणा राख्न भनिएको थियो। सोही क्रममा उनले भने, ‘संसद विघटन संविधान विपरीत नै हो भनौं। यसलाई खराब नै हो भनेर जानुपर्छ।’ केन्द्रीय कमिटी बैठकमा उनले समाजवादलाई पनि प्रष्ट पार्नुपर्ने बताएका छन्।

तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा भुसाल सोही मन्त्रिपरिषद्‌का सदस्य थिए। प्रतिनिधि सभा विघटनप्रति असन्तुष्टि जनाउँदै उनी सहित केही मन्त्रीले राजीनामा दिएका थिए। ओलीले जेठ ७ गते राति पनि प्रतिनिधि सभा विघटन गरेका थिए।

ओलीले आफ्नो प्रतिवेदन र जवाफ मार्फत संसद् विघटनलाई बाध्यताको कदम भनेर प्रस्तुत गरेपछि भुसालले असहमति जनाएका हुन्।  भुसालले जबज भनेको के हो, त्यसको पनि प्रष्ट व्याख्या हुनुपर्ने बताएका छन्। भुसाल जबजले अहिलेको कार्यभार पूरा गर्न नसकिने बताउँदै आएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर नेकपा गठन भएपछि उनले सार्वजनिक रुपमै जबजको च्याप्टर क्लोज भएको बताउने गरेका थिए।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको