नाटक ‘भुसको आगो’

कमला हमाल

काठमाडौं – एक्काइसौं शताब्दीमा आज पनि नेपाली नारीले आफ्नो पढाइ,करियर र विवाहको फैसला आफै लिन सक्दैनन् ।
तर आजभन्दा करिव ६ दशक अघि एक जना शिक्षित नारीले श्रीमानबाट परित्याग गरेको अवस्थामा समेत माइतमा बसेर गरेको संघर्षको कथा हो ‘भुसको आगो’ ! राणाशासनको अन्त्यसँगै प्रजातन्त्रको स्थापनापछि नेपाली नारी वर्गमा पनि आएको चेतनाको उत्कृष्ट विम्व यस नाटकमा प्रस्तुत गरिएको छ । एउटी नारी शिक्षित भइसकेपछि समाज, परिवार तथा आफ्नो भविष्यको आफैंले एउटा कठिन मोडमा लिएको फैसलाको कथा नाटकमा बुनिएको छ ।

नारी संवेदना, माया, आक्रोश र प्रेमले भरिएको नाटकलाई शैली थियटरका कलाकारहरुको जीवन्त अभिनयले अझ प्राण भरिदिएको छ ।गोविन्दबहादुर मल्ल गोठालेले लेख्नुभएको नाटक ‘भुसको आगो’ले अहिलेका नेपाली नारीलाई समेत अझ बढी शसक्त बन्न प्रेरित गरेको छ । पितृसत्तात्मक समाजमा महिलाहरूलाई घरपरिवार र समाजले कसरी हेर्छन् भन्नेत्यसबेलाको समाजलाई नाटकमा प्रस्तुत गरिएको छ । नारी केन्द्रित कथा बस्तुमा आधारित मनो–विश्लेषणात्मक नाटकले नेपालमा प्रजातन्त्र,बहुदलीय व्यवस्था हुँदै गणतान्त्रिक शासन व्यवस्थाको स्थापना पछि पनि पितृसत्तात्मक समाजले जगडेको परिस्थितिमा सुधार नहुँदा अहिले पनि नाटकको सान्दर्भिकता बलियो देखिन्छ । श्रीमान र सासु–ससुराको दुव्र्यवहार पछि माइत फर्किनुपर्दा भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगो झैँ भएकी नारीलाई दर्शाउने यस नाटकले पुरुषका स्वेच्छाचारी वृत्तिको विरोध पनि गरेको छ । यसका साथै नाटकले नारी अस्मिता, स्वाभिमान एवं स्वतन्त्रताको समर्थन र सम्मानको भावलाई प्रस्तुत गरेको छ ।

नाटकको निर्देशन शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले गर्नुभएको छ । निर्देशक बुढाथोकी नाटक भुसको आगो मार्फत नेपाली नारी संवेदनालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सफल हुनुभएको छ । नाटक ‘भुसको आगो’ २००७ को प्रजातन्त्रको स्थापनापछि र राजा महेन्द्रले ‘कु’ गर्नु अगाडिको पृष्ठभूमिमा तयार पारिएको छ ।१ सय ४ वर्षसम्म राणाहरूको जहाँनिया शासन भोगेर भर्खरै जननिर्वा्चित प्रजातान्त्रिक सरकारको अनुभव बटुलिरहेका तत्कालीन नेपाली समाजलाई बुझ्न यो नाटकले सहयोग गर्ने छ । यस्तै नेपाली रंगकर्ममा पुरुष रगंकर्मीको दबदबा रहेको आरोप लागिरहेको बेला महिला रंगकर्मीलाई मात्र प्रस्तुत गरिएको नाटक भुसको आगोको महत्व अझ बढेको छ । यस नाटकमा ६ जना महिला कलाकार सगुन पोखरेल, चाँदनी शाही, सरस्वती अधिकारी,अश्मिता खनाल,सृष्टि आचार्य र निमा पाण्डेको अभिनय रहेको छ ।

नाटक भुसको आगो काठमाडौंको रातोपुलमा भर्खरै सञ्चालनमा ल्याइएको शैली थियटरमा मञ्चन गरिदैछ । मंंसीर १५ देखि ३० सम्म हरेक दिन अपरान्ह ४ः५० बजे नाटक ‘भुसको आगो’ मञ्चन हुने थिएटर व्यवस्थापक भारती रिजालले जानकारी दिनुभयो ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको