माओवादी केन्द्रका यी मुख्यमन्त्रीले दिने भए राजीनामा, नयाँ मुख्यमन्त्री को ?

काठमाडौं– दशैंलगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो।

कर्णालीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ। तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। त्यसका लागि ढिलोमा कात्तिक दोस्रो साता वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन्।

‘मलाई लाग्छ, ढिलोमा कात्तिक १० गतेसम्म नयाँ सरकार बन्छ,’ मुख्यमन्त्री बन्न लागेका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आइतबार भने।

कर्णालीमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थियो। एमाले र माओवादीबीच भएको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधता नपाएर साविकका एमाले र माओवादी नै ब्युँतिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यसपछि कांग्रेसले प्रदेश सरकारलाई समर्थन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो। त्यसैगरी एमालेका चार जना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेर शाहीलाई विश्वासको मत दिएका थिए।

उनीहरु चारै जनालाई एमालेले कारबाही गरेपछि उनीहरुको सांसद पद गुमिसकेको छ।मुख्यमन्त्री शाहीले सहमतिअनुसार कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न आफूले मार्गप्रशस्त गर्न लागेको आफूनिकटहरुलाई बताइसकेका छन्।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको