कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए ।

नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो । त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त भए ।

माधवकुमार नेपालको विश्वासपात्र मानिएका ज्वालाले नेकपा एसको जिम्मेवारी बाँडफाँडमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । उनी यसअघि नै उपमहासचिव बनाइए ।

महासचिव डा. वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउँदा ज्वालाले सोही विभागको उपप्रमुखको जिम्मेवारी पाए ।

सबैभन्दा महत्वपूर्ण प्रकाश ज्वाला कर्णाली अञ्चल नेकपा एसको इन्चार्ज बनाइएका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । नेपाल नेपालले फ्लोर क्रसको पुरस्कार स्वरुप ज्वालालाई एकैपटक तीनवटा जिम्मेवारी दिएको चर्चा चलेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको आर्थिक विभाग प्रमुखको जिम्मेवारी सोमप्रसाद पाण्डेले पाएका छन् । उनले पाल्पा जिल्ला इन्चार्जको समेत गरी दोहोरो जिम्मेवारी पाएका हुन् ।

पाल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डे नाताले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । नेपालकी छोरी पाण्डेका छोराले विवाह गरेका छन् ।

पाण्डे माधव नेपालका विश्वासपात्र समेत मानिन्छन् । नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा पाण्डेको हस्ताक्षर थिएन । पछि मात्र पाण्डेले हस्ताक्षर गरेका थिए । यो मुद्दा अदालतमा विचाराधीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here