नचाहँदा नचाहँदै सरकारमा जानु पर्यो : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नचाहँदा नचाहँदै कांग्रेसले सरकारमा गएको दाबी गरेका छन् ।

बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास दिन कांग्रेस सरकारमा आएको उनले बताए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका खाँणले देशलाई निकास दिन वाध्यतावश कांग्रेसले दलहरुसँग गठवन्धन गरेर सरकारको नेतृत्व लिएको बताए । ‘वहुमत पाएको पार्टी र प्रधानमन्त्रीले पार्टी झगडाका कारण चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरु दलसँग गठवन्धन गरेर सरकारमा गएको हौं, उनले भने ।

गृहमन्त्री खांणले भैरहवा विमानस्थल छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक प्रयास गरिरहेको बताए । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पार्दैछौं,’ उनले भने ।

गृहमन्त्री बालकृष्ण खाणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका खाणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, “संविधानको रक्षा र आम मानिसको जीवनरक्षा नै राज्यको पहिलो दायित्व हो ।”

उनले बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहेका गृहमन्त्री खाणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको