नचाहँदा नचाहँदै सरकारमा जानु पर्यो : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नचाहँदा नचाहँदै कांग्रेसले सरकारमा गएको दाबी गरेका छन् ।

बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास दिन कांग्रेस सरकारमा आएको उनले बताए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका खाँणले देशलाई निकास दिन वाध्यतावश कांग्रेसले दलहरुसँग गठवन्धन गरेर सरकारको नेतृत्व लिएको बताए । ‘वहुमत पाएको पार्टी र प्रधानमन्त्रीले पार्टी झगडाका कारण चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरु दलसँग गठवन्धन गरेर सरकारमा गएको हौं, उनले भने ।

गृहमन्त्री खांणले भैरहवा विमानस्थल छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक प्रयास गरिरहेको बताए । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पार्दैछौं,’ उनले भने ।

गृहमन्त्री बालकृष्ण खाणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका खाणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, “संविधानको रक्षा र आम मानिसको जीवनरक्षा नै राज्यको पहिलो दायित्व हो ।”

उनले बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहेका गृहमन्त्री खाणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको