परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता, चीनको यस्तो घोषणा गरेपछि नेपालीहरूमा छायो खुसीयाली

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ ।
आज (मंगलबार) भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुई पक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग संवाद गरेका छन् । दुई समकक्षीबी ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषय प्राथामिकतामा परेको परराष्ट्र स्रोतले जानकारी दियो ।

संवादमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई बीआरआई परियोजना नेपालले स्वीकृत गरेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताए । ‘परियोजना अन्तर्गत नेपालको हितमा रहेका पक्षहरूलाई हामी कार्यान्वयनमा तुरुन्तै लैजानेछौं’, मन्त्री खड्कालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

परराष्ट्र मन्त्रालयबाटै भएको भिडियो संवादमा चीनले अतिक्रमण गरेको भनिएको सीमा क्षेत्रको विषयमा पनि छलफल भएको थियो । छलफलमा सीमासम्बन्धी थप अध्ययन गर्ने दुई देशको समझदारीमा विवाद भएको सीमा क्षेत्रको समस्या समाधान गर्ने भद्र सहमति भएको छ ।

‘स्वाभाविक रूपमा सीमा सम्बन्धी कुरा पनि उठान भयो, मन्त्रीज्यूले हाम्रो भूमिको सम्बनधमा स्पष्ट कुरा राख्नुभयो’, स्रोतले भन्यो, ‘उताबाट पनि आपसी समझदारीमा समस्या सुल्झाउन सहमति आएको छ ।’

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको