काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) कमजोर नभएको बताउँदै कांग्रेस अबको चूनावमा एमालेसँग कांग्रेस एक्लै लड्न नसक्ने बताएका छन् । धादिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सोहि क्रममा उनले नेकपा एमाले नफुटेको समेत जिकीर गरे । उनले भने,‘एमालेसँगको चूनावी प्रतिस्पर्धा सामान्य छैन्, एमाले अझै कमजोर छैन्, एमाले सिंगै छ, फुटेको छैन् ।’ शेर बहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसले एमालेसँग एक्लै लड्न नसक्ने समेत उनले टिप्पणी गरे ।
त्यस्तै पौडेलले अहिले कांग्रेस संवैधानिक संकटमा रहेको उक्त संकट पार गर्न महाधिवेशनमा होमिएको बताएका छन् । कांग्रेसको अधिवेशन सम्पन्न नभएसम्म देशमा अरु निर्वाचन नहुने समेत बताए ।
‘कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका लागि सदैव लडिरहन्छ,’। ‘कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।’ पार्टीको अधिवेशन जसरी मंसिरमा गर्नु छ गर्छौ, नेता पौडेलले भने ।
धादिङका पूर्व सभापति रामनाथ अधिकारीको आमाको निधन प्रति श्रद्धाञ्जली अर्पणसँगै परिवारजनमा समवेदना दिन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला धादिङ आएका हुन् ।
