नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला आउन थालेका छन् ।

१० नेता समूह’ का भए पनि लोकप्रिय छविका कारण पाण्डेसँग प्रतिस्पर्धा गर्न शंकर पोखरेलभन्दा विष्णु पौडेल नै उपयुक्त हुन्छन् भन्ने मत ओलीपक्षीय नेताहरुको देखिन्छ।

उपाध्यक्षमा पाण्डेको व्यवस्थापन हुन सकेन भने मात्र महासचिवमा प्रतिस्पर्धा हुने हो। तर, पाण्डेको व्यवस्थापन हुँदा पनि महासचिवमा विष्णु पौडेलकै सम्भावना ज्यादा देखिन्छ। एमाले नेतृत्वको वरियतामा शंकर पोखरेलभन्दा आफू अगाडि हुनुको फाइदा विष्णु पौडेललाई छ।

विष्णु पौडेल नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिव हुन् भने शंकर पोखरेल स्थायी समिति सदस्य मात्र हुन्। कनिष्ठ पोखरेललाई महासचिव स्वीकार गरेर उनी भन्दा वरिष्ठ र तीन वर्ष नेकपाको महासचिव समेत रहेका पौडेललाई ‘तपाईं यसपटक पनि उपमहासचिवमै प्रतिस्पर्धा गर्नुस्’ भन्न ओलीले पनि सक्ने छैनन्।

यसको मतलब यो होइन कि शंकर पोखरेल दसौँ महाधिवेशनबाट महासचिव बन्ने सम्भावना ठ्याम्मै छैन।

महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ नेताहरुको व्यवस्थापन निकै पेचिलो बन्दै गएकाले उपाध्यक्षको दुई ‘दरबन्दी’ थप गरेर ओलीले सुरेन्द्र पाण्डे र विष्णु पौडेल दुवैलाई उपाध्यक्षको जिम्मेवारी दिन पनि सक्छन्। यो स्थितिमा शंकर पोखरेल एमालेको नयाँ महासचिव बन्न सक्छन्।

बुझ्नु पर्ने कुरा के हो भने, ओलीले विष्णु पौडेललाई ‘आफूलगत्तैको’ र शंकर पोखरेललाई ‘त्यसपछिको’ उत्तराधिकारीको रुपमा अघि बढाउन खोजिरहेका छन्। एकतापछि पौडेलले नेकपाको महासचिव, अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनुको कारण पनि यही थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here