काठमाडौं – मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको छ । लागत, ढुवानी र अनुदानसमेत गरी चालु आर्थिक वर्षको खरिद मूल्य प्रति क्विन्टल ५३५ दशमलब ५६ रुपैयाँ निर्धारण गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बैठकले नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा विभिन्न व्यक्तिको मनोनयन गरेको छ । त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा झापाका डा चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । मन्त्री बाँस्कोटाले नियमित पत्रकार सम्मेलन मार्फत पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका थिए ।