कमल थापाको प्यानल तयार, को–को परे ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकता महाधिवेशनमा आफ्नो प्यानल तयार गरेका छन् । राप्रपाको महाधिवेशनमा चुनाव नै हुने भएपछि थापाले प्यानल तयार गरेका हुन् ।

थापाको टिममा उपाध्यक्षका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे र भाष्कर भद्रा, महामन्त्रीमा रोशन पाण्डे, भुवन पाठक र कुन्ती शाही रहेको बुझिएको छ ।

यस्तै राप्रपामा केन्द्रीयदेखि तलसम्म कुनै पनि समितिमा लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने भएको छ।

बुधबार बेलुका बसेको राप्रपा एकता महाधिवेशनको बन्दसत्रले लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइनेगरी विधान संशोधन गरेको विधान संशोधन तथा सुझाव समितिका सदस्य कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

यस आधारमा अब कोही लगातार दुई कार्यकाल अध्यक्ष भइसकेको छ भने उसले तेस्रोपटक अध्यक्ष पदमा उम्मेदवारी दिन पाउँदैन।

यस्तै बुधबार बेलुकाको बन्दसत्रले पार्टीमा बहुमतको निर्णय पारित हुने र फरक विचार पनि राख्न पाइने निर्णय पनि गरेको छ। उनले भने, ‘बहुमतको निर्णय मानिनेछ, तर फरक विचार राख्न पनि पाइन्छ वा नोट अफ डिसेन्ट लेख्ने अधिकार खुला राखिएको छ।’

राप्रपाको बन्दसत्र जारी छ। अहिले राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस गर्ने तथा छलफल गर्ने क्रम चलिरहेको छ।

राप्रपाको एकता महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी छन्। बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया आजै दिउँसो २ बजेदेखि गर्नेगरी राप्रपा निर्वाचन समितिले कार्यतालिका बनाएको छ।

यो एकता महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । एक अध्यक्ष ६ उपाध्यक्ष, ६ महामन्त्री, एक कोषाध्यक्ष, सात सहमहामन्त्री र सात सहायक महामन्त्री चयन गर्ने बताइएको छ ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको