भारतले पेट्रोलको मूल्य घटाएर पठायो, निगमले मूल्य हटाउला ? निकाल्यो यस्तो विज्ञप्ति

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमको घाटा घटेको छैन।

नेपाल आयल निगमका अनुसार बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले जनाएको छ। पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी निगमले गरेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढे पछिल्लो समय बढेर आएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयल निगमको घाटा नघटेको भएर नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ।बिक्री-वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ।

यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ। समग्रमा १५ दिनमा करिब १ अर्ब ९५ करोड घाटा हुने निगमले अनुमान गरेको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको बजार मूल्य अनुरूप नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपाली सिमा बजार वीरगन्जमा पेट्रोल प्रतिलिटर ३७.४२ रूपैयाँ सस्तो र डिजेल ३०.५४ रूपैयाँ सस्तो र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ५०.६५ रूपैयाँ सस्तो रहेको बताएको छ।

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको