अब भारत-पाकिस्तानबीच पोखरामा क्रिकेट खेलाइन्छ : मुख्यमन्त्री गुरुङ

(पछिल्लो समय सबैभन्दा बढी सुनिएको शब्द हो- समृद्धि । दलहरुले समृद्धिको सपना बाँडिरहेका छन् । संघीयतासँगै बनेका प्रदेश सरकारले समृद्ध प्रदेशको खाका कोर्ने बताइरहेका छन् । आखिर दलहरुले भन्ने गरेको र प्रदेश सरकारले बनाउने भनेको समृद्धि कसरी आउला ? सुनौं, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका कुरा, उनकै शब्दमा – सं)

प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रका लागि २००७ सालदेखि भर्खरसम्म हामी लड्यौँ । सबैले स्वीकारेको अबको सत्यचाहिँ अधिकार प्राप्तिको आन्दोलनको चरण, राजनीतिक क्रान्तिको चरणसमाप्त भएको छ ।

अबको आन्दोलन भनेको आर्थिक समृद्धिको हो । आर्थिक चरण परिवर्तन हुँदाखेरी देशमा थुप्रै संरचनागत परिवर्तन भएको थिएन । खाली व्यवस्था मात्र परिवर्तन भयोे । तर, हाम्रो मुलुकमा एकैचोटि व्यवस्था पनि परिवर्तन भयो र मुलुकको राजकीय ढाँचा पनि परिवर्तन भयो ।

अहिले हामी तीन तहको सरकार निमार्ण गर्दैछौँ । अहिले हामी जिरो ग्राउन्डमै छौँ । जिरो ग्राउण्डमा हुनुको एउटा फाइदा पनि छ । जे काम सुरु गर्छौँ हामी सुरुबाट गर्न सक्छौँ । राम्रो एवं इमान्दारपूर्वक गर्‍यौँ भने, क्षमताका साथ गर्‍यौँ भने, सबैको साझा सहमतिका आधारमा गर्‍यौँ भने राम्रो कामको थालनी राम्रैबाट हुन्छ ।

हामी अरु कसैले गरेको विरासत बोकेर हिँड्नुपरेको भए, कसैले कुरुप बनाएको चिजलाई सुधार्दै, मेकअप गर्दैगर्दै जानु परेको भए, हामीलाई साह्रै कठिन हुनेथ्यो होला आˆनो डिजाइनमा लैजानका लागि । त्यसकारण जिरो ग्राउण्डमा भएको सुविधा चैँ यहाँनेर छ ।

प्रदेश ४ को सरकार के गर्न चाहान्छ ? यो प्रदेशमा हामीले भन्या जस्तो आर्थिक समृद्धिको आधार भनेको एउटा जलस्रोत हो । एउटा पर्यटन क्षेत्र हो । अर्को कृषि भनेका छौँ । कहिले कहिले मैले चाहिँ सायद अलि बढी पनि भनेको हुन सकुँला । त्यो केन्द्रीय नेपाल सरकारको अधिकार क्षेत्रभित्र छ ।

हाम्रो प्रदेश खनिज र खनिज पदार्थले सम्पन्न प्रदेश पनि रहेछ । हामीसँग युरेनियम भएको पत्ता लागिसक्यो । कालिगण्डकी सुनकै खानी हो । तामाको खानी, सुनको खानी, फलामको खानीका साथै अरु थुप्रै चिज हाम्रो प्रदेशमा पत्ता लाग्या छ । त्यसलाई अन्वेषण, उत्खनन् र प्रयोग गर्न सकियो भने त्यहाँबाट धेरै रोयल्टी आउँछ ।

हाम्रो प्रदेशको समृद्धिमा त्यसको योगदान रहन्छ । यस विषयमा पनि छलफल गर्न जरुरी छ । त्यसलाई पनि बहसमा समावेश गर्नुपर्नेछ । उत्खनन सरकारले गर्न सकेको छैन । यो मुख्यमन्त्री त्यस्ता विद्वान विशेषज्ञको खोजीमा छ ।

वास्तविक तथ्यांकको खोजी
अस्ति एउटा तथ्यांकले भन्यो, ‘हाम्रो प्रदेशमा ९१ प्रतिशत जनताले धाराको पानी पिउँछन्, खाली ९ प्रतिशतले मात्रै कुवाको पानी पिउँछन् ।’

फेरि अस्ती भर्खरै भौतिक पूर्वाधारका सचिवले प्रस्तुत गरेको तथ्यांकले १४ प्रतिशतलाई चाहिँ धाराको पिउने पानीको अभाव छ भनेर देखायो । त्यही ५ प्रतिशत फरक भइहाल्यो । त्यसकारण हामीलाई खास तथ्यांकको जरुरी छ ।

त्यसले हाम्रो स्ट्राटेजी निर्माणका लागि सहयोग पुग्छ । तथ्यांकले हाम्रो लक्ष्य, उद्देश्य र हामी आज कहाँ छौँ भन्ने बुझ्न तथा नीति निर्माणमा सहयोग पुग्छ ।

हाम्रो कल्चर विकासका लागि बाधक छ । साउथ एसियाका नेताहरुको क्यारेक्टर भनेको आत्मसुरक्षा चाहाने क्यारेक्टर हो ।

४ नम्बर प्रदेशमा ७२ प्रतिशतले लेखपद गर्न जान्दछन् भने बाँकी २८ प्रतिशतलाई ५ वर्षभित्र साक्षर बनाउन सक्छौँ कि सक्दैनौँ ? मुख्यमन्त्रीले त भाषण गरिसक्यो ५ वर्षभित्र, मेरै कार्यकालमा साक्षार बनाउँछु ।

त्यसको लागि अहिलेदेखि नै नीति नियम वा पोलिसी निर्माण गर्नु पर्‍यो, त्यसैअनुरुप बजेट छुटाउनुपर्ने होला । कार्यान्वयनका विधिहरु तय गर्नुपर्ला होइन र ? त्यसकारण पनि हामीलाई सही तथ्यांक जरुरी छ ।

२ वर्षमा सबैको पहुँचमा बिजुली तथा खानेपानी

कतिले हो त हाम्रो प्रदेशमा साँच्चि नै बिजुली बाल्न नपाएको ? आजसम्म मैले पाएको तथ्यांकमा १५ प्रतिशतले टुकीको भरमा छन् भन्ने हो । त्यसो भए त्यो १५ प्रतिशत जनता कहाँकहाँ हुन् ? मुस्ताङमा हो कि ? मनाङको कुनै गाउँमा हो कि ? हामीले त्यहीअनुसार योजना बनाउनुपर्नेछ । त्यसका लागि २ वर्षमा हामीले सबै नागरिकको पहुँचमा बिजुली पुर्‍याउने रणनीति लिएका छौँ ।

हामीले २ वर्षभित्र सबै मान्छेलाई खानेपानी खुवाउने, सबै वस्तीमा पानीको धारा पुर्‍याउने, सबै घरघरमा बिजुली बत्ती पुर्‍याउने भनेका छौँ र त्यहीअनुसार प्लान गर्दै छौँ । तर, अहिले एउटा पनि नीति छैन । हामीले नै कानुनको प्रारम्भ गर्नुछ । त्यसकारण निजी क्षेत्रका साथीहरुसँग मेरो अनुरोध छ । लगानी क्षेत्रमा मात्र होइन । अरु थुप्रै क्षेत्रमासमेत आउन सक्ने नीति बनाउन तपाईंहरुले सहयोग गर्नुहोस् ।

सुरक्षा नीति, सांस्कृतिक नीति, सामाजिक नीति, पर्यटन नीति या जलस्रोत नीति सबै क्षेत्रमा नीति निर्माण गर्नुछ । मूल्य अधिकारमा नीति बनाउनु छ ।

पहिले हामीले प्रादेशिक राजधानी बनाउँदा निजी सहयोग गरिदिनुपर्‍यो । कुनचाहिँ नीति के फरक पर्छ, मलाई सुझाव चाहिन्छ ।

पाँच वर्षमा प्रदेशलाई उत्पादनशील बनाउने कसरी हो आइडिया दिनुस् । लगानी पनि निजी क्षेत्रले नै गर्ने हो । हामी साथमा छौँ । लगानीको वातावरण हामी बनाउँछौं ।

दक्ष जनशक्ति निर्माण गर्नुपर्‍यो भने त्यसको लागि पनि सल्लाह सुझाव दिनुहोस कहाँ के गर्नु पर्ने हो ? ५ वर्षभित्र ५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने पूर्वाधार निर्माण गरेर १० वर्षभित्र उत्पादन गर्न के गर्नुपर्ने हो, त्यसका लागि सुझाव दिनुुहोस् । लगानी गर्ने निजी क्षेत्रले हो, वातावरण हामीले बनाइदिन्छौँ ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको