२६ एसएसपी सरुवा : फेरिए ट्राफिक प्रमुख र प्रवक्ता पनि, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा गरेको छ । गृहमन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गरेको हो।

सरुवा हुँदा महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् ।

जसमा महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बसन्तबहादुर कुँवरलाई दिइएको छ । महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका चन्द्रकुवेर खापुङको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतकाे अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ ।

प्रवक्ता कुँवरको ठाउँमा भने नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीको सरुवा भएको छ । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभाग अन्तरगत रहेकाे अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशीलाई दिइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जनक भट्टराईको संघीय प्रहरी प्रदेश कार्यालय भैरहवामा सरुवा भएको छ । उक्त कार्यालयमा कार्यरत एसएसपी शुशिलकुमार यादवको मृत्यु भएपछि रिक्त रहेको थियो ।

यस्तै मानव बेखविखन अनुसन्धान व्यूरो प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालय अन्तरगतकाे कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत एसएसपी टेकप्रसाद राइलाई दिइएको छ ।

मानव बेखविखन अनुसन्धान व्यूरो प्रमुखकाे जिम्मेवारीमा रहेकी दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा रहेका चक्रबहादुर सिंहको भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सरुवा भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्ज कार्यालयमा कार्यरत किरण राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भिमप्रसाद ढकालको भने अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ ।

अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा कार्यरत राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएको छ । केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका सुदिप गिरीको यस अघि नै महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएपछि रिक्त रहेको थियो ।

यस्तै प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत पुजा सिंहको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा केहि दिन अघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर गएका अशोक सिंहको सरुवा भएकाे महिना नवित्दै प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा भएपछि रिक्त भएको हो ।

को कहाँ पुगे हेर्नुहोस् सूची

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको