अब राप्रपा फुट्छ ? पूर्वअध्यक्ष कमल थापाले दिए स्पष्ट जवाफ

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । थापाले बिचार नमिले नैतिक आधार अलग हुने तर पार्टी कदापी नफुटाउने बताए ।

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले भनेका छन् : ‘ स्पष्ट होस्, बिचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन ।’

पूर्व अध्यक्ष थापाले विगतको विषम परिस्थितिमा आफुले राजसंस्थाको एजेण्डा बोक्दा सिनो बोकेर हिंड्ने भनेर सत्तोसराप गर्नेहरुले नै आज आफुले राजा राजनीतिभन्दा माथि रहनुपर्छ र पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा खेदो खनिरहेको आरोप लगाएका छन् । उनले भनेका छन् : ‘हाँसो लाग्छ । त्यो राजतन्त्रप्रति विकसित मोह हो वा मेरो चरित्र हत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन ।’

थापाले आफु निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको समेत पार्दै राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप दोहोर्याएको छन् ।

उनले भनेका छन् : ‘राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दामाथि बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पीडा त्यही हो। यो प्रसंगलाई हारजीतसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको