चितवनमा फोटो पत्रकारिता तालिम, इन्द्र बानियाँले के- के भने ?

चितवन – राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले फोटो पत्रकारिताले विगतका राजनीतिक उपलब्धीहरुलाई ताजा बनाउने काम गरको बताए । उनले पत्रकारिता क्षेत्रमा समाचारका विषयवस्तुलाई फोटोले थप मजबुद बनाउने गरेको बताए ।

‘हिजो देशमा व्यवस्था परिवर्तनका लडाँई चलिरहँदा हामीले गरेका क्रियाकलापहरु अहिले विभिन्न स्थानमा देख्दा विगतको स्मरण हुन्छ । आन्दोलनताका गगन थापाले ढुंगा हानीरहेको फोटो त्यसको उदाहरण हो । पत्रकारिता क्षेत्रमा समाचारको विषय जति सशक्त हुन्छ त्यसलाई कलात्मक बनाउन फोटोको पनि उत्तिकै भूमिका हुन्छ । शब्दले वर्णन गर्न नसकेका कुरा फोटोबाट प्रष्ट रुपमा प्रस्तुत हुन्छ ।’ बानियाँले भने

उनले पत्रकारिताका अन्य विधा जस्तै फोटो पत्रकारितामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै त्यसमा आफ्नो तहबाट सहयोग गर्न पनि तयार रहेको बताए । ‘म अहिले बागमती प्रदेशको संसदीय दलको नेता पनि हुँ, हाम्रोे दल सरकारमा छ । हामीले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि काम गरिहेका छौँ । फोटो पत्रकारिता पनि त्यसको एउटा पाटो हो । फोटो पत्रकारिताको थप रुपान्तरणका लागि आवश्यक सहयोग गर्न मेरो पहल हुनेछ, उनले भने ।

त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा हरेक विधामा कलम चलाउने वा फोटो भिडियो सम्पादन तथा प्रकाशन गर्ने पत्रकारहरुले दिएको योगदानको कारण नै आज राज्यव्यवस्था परिवर्तन सम्भव भएको बताए ।

विगतमा भएका आन्दोलनमा अश्रुग्यास, गोलि बारुद र लाठिको बिचमा रहेर पत्रकारहरुले जनतालाई सूसुचित गराउन गरेको कामको कारण नै यो परिवर्तन सम्भव भएको मन्त्री लामाले बताए । पत्रकारिता क्षेत्रसंग आफ्नो पहिलादेखिकै सम्बन्ध रहेको र फोटोग्राफीकै लागि साथीहरुसंग केही समय पनि बिताएको अनुभव उनले स्मरण गरे । फोटोग्राफी हामिले सोचे जस्तो सहज नभएको भन्दै त्यसका लागि लगनशीलता र परिश्रम अपरिहार्य भएको मन्त्री लामाको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले दुई दिने तालिमले फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम समूहका बागमती प्रदेश अध्यक्ष नारायण शिलवालको अध्यक्षतामा भएको हो ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको