चितवनमा फोटो पत्रकारिता तालिम, इन्द्र बानियाँले के- के भने ?

चितवन – राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले फोटो पत्रकारिताले विगतका राजनीतिक उपलब्धीहरुलाई ताजा बनाउने काम गरको बताए । उनले पत्रकारिता क्षेत्रमा समाचारका विषयवस्तुलाई फोटोले थप मजबुद बनाउने गरेको बताए ।

‘हिजो देशमा व्यवस्था परिवर्तनका लडाँई चलिरहँदा हामीले गरेका क्रियाकलापहरु अहिले विभिन्न स्थानमा देख्दा विगतको स्मरण हुन्छ । आन्दोलनताका गगन थापाले ढुंगा हानीरहेको फोटो त्यसको उदाहरण हो । पत्रकारिता क्षेत्रमा समाचारको विषय जति सशक्त हुन्छ त्यसलाई कलात्मक बनाउन फोटोको पनि उत्तिकै भूमिका हुन्छ । शब्दले वर्णन गर्न नसकेका कुरा फोटोबाट प्रष्ट रुपमा प्रस्तुत हुन्छ ।’ बानियाँले भने

उनले पत्रकारिताका अन्य विधा जस्तै फोटो पत्रकारितामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै त्यसमा आफ्नो तहबाट सहयोग गर्न पनि तयार रहेको बताए । ‘म अहिले बागमती प्रदेशको संसदीय दलको नेता पनि हुँ, हाम्रोे दल सरकारमा छ । हामीले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि काम गरिहेका छौँ । फोटो पत्रकारिता पनि त्यसको एउटा पाटो हो । फोटो पत्रकारिताको थप रुपान्तरणका लागि आवश्यक सहयोग गर्न मेरो पहल हुनेछ, उनले भने ।

त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा हरेक विधामा कलम चलाउने वा फोटो भिडियो सम्पादन तथा प्रकाशन गर्ने पत्रकारहरुले दिएको योगदानको कारण नै आज राज्यव्यवस्था परिवर्तन सम्भव भएको बताए ।

विगतमा भएका आन्दोलनमा अश्रुग्यास, गोलि बारुद र लाठिको बिचमा रहेर पत्रकारहरुले जनतालाई सूसुचित गराउन गरेको कामको कारण नै यो परिवर्तन सम्भव भएको मन्त्री लामाले बताए । पत्रकारिता क्षेत्रसंग आफ्नो पहिलादेखिकै सम्बन्ध रहेको र फोटोग्राफीकै लागि साथीहरुसंग केही समय पनि बिताएको अनुभव उनले स्मरण गरे । फोटोग्राफी हामिले सोचे जस्तो सहज नभएको भन्दै त्यसका लागि लगनशीलता र परिश्रम अपरिहार्य भएको मन्त्री लामाको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले दुई दिने तालिमले फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम समूहका बागमती प्रदेश अध्यक्ष नारायण शिलवालको अध्यक्षतामा भएको हो ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको