एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्वाचित, अरु पदमा को–को आए ?

काठमाडौं – नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् । अध्यक्षको रेसमा रहेका अर्का एमालेका पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन् ।

एमालेको शुक्रबार र शनिबार चलेको १३औ जिल्ला अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । एमालेको शुक्रबार राती अबेरसम्म जारी बन्द सत्रमा नेतृत्वको घोषणा गरिएको थियो ।

यस्तै उपाध्यक्षमा राममणि पाण्डे चयन भएका छन् । उनी यसअघि एमालेको घोराहीको नगर सभापति र जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यसैगरी सचिवमा पुन मनोहर बुढाथोकी चयन भएका छन् भने उप(सचिवमा कृष्ण भुसाल र हिरादेवी पुन चुनिएका छन् । यस्तै एमाले पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे निर्विरोध चयन भएका छन् ।

शुक्रबार राति सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल, सहसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध चयन भएका हुन् । पाल्पाका ८१ वटै वडालाई समेटेर बनाइएको एमाले जिल्ला कमिटी १०५ सदस्यीय बनाईको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको