ओलीले गरे प्रचण्डसँग गरेको गोप्य सम्झौताको खुलासा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।

‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’, ओलीले भने, ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म गर्या छैन। तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए।’ सम्झौताको एक, एकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए। ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने।

सम्झौताको विषय र उद्देश्य भने प्रचण्डले नै सार्वजनिक गर्नुपर्ने ओलीले बताए। प्रचण्डले सार्वजनिक नगरे सम्झौता गर्दाका साक्षी ‘गोप्य’ व्यक्तिले सम्झौता सार्वजनिक गर्न सक्ने ओलीले बताए। पाँचदलीय गठबन्धनले ‘नियन्त्रित अस्थिरता’ चाहनेको पोल्टोमा राजनीति हालिदिएको उनले आरोप लगाए। प्रचण्ड, नेपाललाई कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनताप्रति कुनै मतलव नभएको ओलीले दाबी गरे।

‘कम्युनिस्ट आन्दोलन सिध्याउनुपर्छ भनेर उनीहरूका बोसहरूले ह्विप जारी गरेका थिए’, ओलीले भने, ‘बञ्चरो काँधमा बोकेर उनीहरू कम्युनिस्ट पार्टीका टाउकोमा हान्न कुदे।’ आफूले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’ केही मान्छेका लागि असह्य भएको उनले बताए। ‘डार्बिन र आइन्स्टाइन पनि नेपाली भएका भए उनीहरूको सिद्धान्त नेपालीले मान्दैनथे’, ओलीले भने। सरकारको ६ महिनाको गतिले देश दुई वर्षपछि धकेलिएको ओलीले दाबी गरे।

प्रचण्डसँग केही पाउने आशले मात्र केही नेताहरू उनीसँग रहेको ओलीको तर्क थियो। ‘प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन्’, ओलीले भने। प्रचण्ड र नेपालले ‘चोइटा’ लिएर गए पनि एमालेलाई कुनै असर नगर्ने ओलीको दाबी थियो। माधव नेपालले एमाले पूरै ध्वस्त पार्न खोजे पनि नसकेको उनले आरोप लगाए। ‘प्रचण्डले देश आफूले चलाइराख्या छु’ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उनको हातमा कसरी शक्ति गयो ?’। ‘यो सबैको निर्माता को हो ?

ओलीले प्रतिप्रश्न गरे, ‘यिनीहरूको परमप्रभु र निर्माता (जो अदृश्य छ, आकारविहीन छ) कहाँ छ ? को हो ? कुन शक्ति हो यो ? ‘क्रिएटर’ को हो ? कसले ‘क्रिएसन’ गरिराख्या छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग नलगाउने ओलीले तर्क गरे। ‘प्रधानन्यायाधीशमाथि शेरबहादुरले लगाउँछन् महाभियोग ?’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘मलाई हटाएर यिनीहरूको सरकार बनाइदिएको छ। अनि यत्रो काम गर्ने अदालतमाथि महाभियोग कसरी लगाउँछन् ?’ अदालतले असंवैधानिक र अवैधानिक रूपमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उनले दाबी गरे। सत्ता गठबन्धनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्नेमा उनले आशंका व्यक्त गरे। ठूलो दल एमालेको अवरोधलाई संसदमा अस्वीकार गरिएको भन्दै ओलीले असन्तुष्टि जनाए। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको