थप ५ सीडीओको सरुवा, को-कहाँ पुगे ?

काठमाडौँ – गृह ​मन्त्रालयले थप ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले सल्यान, काभ्रेपलञ्चाेक, नवलपरासी पूर्व, कालिकोट र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन्। ​ जसअनुसार विपिन आचार्य सल्यानको प्रमुख जिल्ला अधिकारी भएका छन्। उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा थिए।

गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डे काभ्रेपलाञ्चाेक, सुमन घिमिरे नवलपरासी पूर्व, गृहका उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रमुख जिल्ला अधिकारी बनाइएकाे छ। यस्तै सुरेन्द्र पौडेलले धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएकाे छ।

सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडा, कालिकोटका सीडीओ कृष्णप्रसाद आचार्य, काभ्रेपलाञ्चाेकका शिवराम पोख्रेल, धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलालाई भने गृह मन्त्रालय तानिएकाे छ।

त्यस्तै संघिय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शुक्रबार सरुवा गर्ने निर्णय गरेका हुन्।

जसअनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतकाे निकाय सरुवा भएका छन्।

संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राम आधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ।

यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ। मन्त्रालयले यसअघि गत मंगलबार मात्र १० जना सहसचिवको सरुवा गरेको थियो।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको