यी १४ जिल्लामा एमालेका अध्यक्ष सर्वसम्मत चयन, कुन जिल्लामा को ?

काठमाडौँ – १४ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृतव निर्वाचित हुन थालेको छ।

नेकपा एमाले नेता राजन भट्टराईका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मी, खोटाङमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अशोक ब्याञ्जु अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

यस्तै एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका छन्।नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बन्न सफल भएका छन्।

पाल्पामा धनेन्द्रराज घिमिरे, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ,बाँके किस्मतकुमार कक्षपति,धादिङमा भूमि त्रिपाठी र अर्घाखाँचीमा पीताम्बर भुसाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै मोरङमा ऋषिकेश पोखरेल र भक्तपुरमा बचन देउजा जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी मजदुर विशेषतर्फ जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको