यति र ओम्नीसँग तुलना गर्दै बतास समूहमाथि बाबुराम भट्टराईले गरे यस्तो टिप्पणी

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पूजीवादको कुरूप अनुहारका रूपमा बतास देखा परेको टिप्पणी गरेका छन्।

नारायणहिटी दरबार संग्रहालयभित्र बतासले रोयल बगैंचा रेष्टुरेन्ट बनाएपछि विवादित भइरहेको छ। उक्त संरचना केहिजो मात्रै भत्काइएको थियो।

यसअघि सरकारी जग्गा भाडामा लिने विषयमा यति र ओम्नी पनि विवादित बनेका थिए। यसो हुनु आसेपासे पूँजीवादको रूप भएको भट्टराई बताउँछन्।

‘हिजो यति, ओम्नी पछि आज बतासको रूपमा आसेपासे पूँजीवाद (क्रोनी क्यापिटालिज्म) को कुरूप अनुहार देखापर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो,’ आज ट्वीट गर्दै उनले भनेका छन्।

यसखाले समस्या समाधान गर्न राजनीतिको मुहान नै सफाइ गर्न लाग्नुपर्ने उनले बताएका छन्।

‘जबसम्म मुहान (राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन है,’ उनले भनेका छन्, ‘मुहान सफा गरौं, राजनीतिक सफाइ अभियानमा लागौं!’

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको