६ सचिवको सरुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय , तर निर्णय किन गोप्य ?

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। दुई जना सचिवको दरबन्दी सिर्जना गर्दै सरकारले ६ सचिवको सरुवा गरेको हो ।

एक मन्त्रीका अनुसार गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई (प्राविधिक/प्रशासन) पद थपसहित ६ जना सचिवहरूको सरुवा गरेको हो ।

सरुवा हुनेमा प्रदेश १ का प्रमुख सचिव किरणराज शर्मा छन्। उनको रक्षा मन्त्रालयमा सरुवा भएको छ। त्यस्तै प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन्। उनको स्थानमा खारेज भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीलाई सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए।

सरकारले एक जना प्राविधिक सचिवको दरबन्दी थपसहित प्रशासनतर्फ विशेष सचिवको व्यवस्था गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै प्राविधिक सचिव दरबन्दी खडा गरी त्यहाँ यसअघि शहरी विकास मन्त्रालयमा रहेका सचिव रमेश सिंहलाई सरुवा गरिएको छ।

यसैगरी, स्वास्थ्य मन्त्रालय हेर्नेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका खगेन्द्र प्रसाद नेपालका लागि विशेष पद सिर्जना गरिएको छ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको